राष्ट्रिय वाणिज्य बैंकले बागमती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं–१०, टाखेलमा शाखा कार्यालय विस्तार गरेको छ । योसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५८ पुगेको छ । बैंकको सात प्रदेश, ७७ वटा जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको बैंकले जनाएको छ ।