काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम ५ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँको आधारमा १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
प्रस्तावित हकप्रद शेयर नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित हुनेछ । त्यसपछि मात्र नेपाल धितोपत्र बोर्डमा निष्कासन प्रक्रिया अघि बढ्नेछ ।