धनगढी– सुदूरपश्चिम प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ । माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बमको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । सभामुख चयनका लागि भोलि बिहीबार निर्वाचन हुँदैछ ।