नेपाल प्रहरीको इतिहासमा भद्र र शालीन मानिएका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले असार २४ मा आफ्नो कार्यकालको एक वर्ष पूरा गरे ।
जागिरे जीवनको लामो समयसम्म प्रहरी प्रधान कार्यालय नछाडेका र प्रहरी प्रशिक्षण प्रतिष्ठनामा आफूमुनिका दर्जालाई पढाएका आईजीपी थापाले संगठनको कमाण्ड सम्हाल्दा रातारात परिवर्तन नभए पनि संगठनमा देखिएका विकृति नियन्त्रण हुने आशा थियो ।
मनमा राजनीतिक दलका नेताहरूको दबाब सहनु नपरेहुन्थ्यो भन्ने भए पनि व्यवहारमा भने उनी दबाबबाट टाढा रहन सकेनन् । एक वर्षभित्र कुनै सम्झनलायक काम हुन नस...