तेस्रोपटक ‘बादल’लाई गृह मन्त्रालयमा स्वागत

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई तेस्रो पटक गृह मन्त्रालयका बरिष्ठ अधिकारी तथा सुरक्षा अधिकारीहरुले स्वागत गरेका छन् । शुक्रबार शीतल निवासमा शपथ खाएर बादलले सिंहदरबारस्थित गृह मन्त्रालयमा पदबहाली गरे ।मन्त्रालयमा ‘बादल’लाई गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले स्वागत गरेका थिए । तीन वर्षको अवधिमा बादललाई तेस्रोपटक मन्त्रालयमा स्वागत गरिएको ह