काठमाण्डौ – जाडो बढेसँगै बिजुली जाने समस्या बढेको छ । हिटर, एसी लगायतका उपकरण चलाउने क्रम बढेकाले माग बढेसँगै बिजुली जाने समस्या बढेको हो । काठमाण्डौको नेपालटार, नयाँ बानेश्वर, शान्तिनगर, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा झ्याप्प–झ्याप्प बत्ती गइरहेको उपभोक्ताले गुनासो गरेका छन् । यस्तै चितवन, कैलाली, कपिलवस्तु, नवलपुर, सुर्खेत लगायतका जिल्लाका उपभोक्ताले पनि बत्ती गइरहेको गुनासो गरेका छन् । चाहिने बेलामा नै बत्ती जाँदा समस्यामा परेको उपभोक्ताको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले नेपाललाई चाहिनेजति बिज...
धनगढी : सुदूरपश्चिममा अघोषित लोडसेडिङको समस्या भएको छ। प्रदेशवासी अघोषित लोडसेडिङको मारमा परेका छन्। गर्मी बढेसँगै जानकारीबिना लामो समयका लागि बिजुली जाने–आउने हुँदा सास्ती बढेको हो। सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत घरधुरीमा पहुँच भएको राष्ट्रिय प्रशारण लाइनको विद्युत नै पटकपटक अवरुद्ध हुने गरेको छ।प्रदेशको अस्थायी राजधानी धनगढीसँगै पहाडी जिल्लामा पनि बिना सूचना विद्युत कटौती हुँदै आएको हो। बत्ती आउने र जानेले गर्दा दैनिकीमा धेरै असर भइरहेको धनगढीकी हेमा खड्काले बताइन्। उनले भनिन्, &ls
‘१४–१५ गते उपत्यकामा ओभरलोडले धेरै नै समस्या आएको थियो। ओभरलोडकै कारण ६०–७० वटा ट्रान्सफर्मरमा समस्या आएको हो,’ उनले भने, ‘अधिकांश ठाउँको समस्या समाधान भइसकेको छ। केही ठाउँमा समस्या आएको होला, त्यहाँ पनि मर्मतसम्भार जारी छ।’...
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले झ्याप झ्याप बिजुली जाने समस्या समाधान हुने बताएका छन् ।विद्युतको खपत बढेको कारण बेलामा बेलामा बिजुली जाने समस्या देखिएको बताउँदै उनले यसको समस्या समाधानका लागि प्राधिकरणले प्रकृया अघि बढाइसकिएको बताए । “३८ सय ट्रान्सफर्मरमध्ये ५०÷६० वटामा समस्या देखिएको हो, सबैमा समस्या छैन तर यस्तो समस्या आउन नदिन […]
पुसे झरीका कारण देशभर चिसो बढेको अवस्थामा काठमाडौँलगायत केही स्थानमा बारम्बार विद्युत् आउने र जाने समस्या क्षणिक भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले स्पष्ट पार्नुभएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरेर उहाँले अहिले देखिएको समस्या क्षणिक भएको र त्यसलाई सुधार्न काम सुरु भइसकेको जानकारी गराउनुभएको हो ।
मङ्गलबारदेखि कतिपय स्थानमा हिमपात र वर्षा हुन थालेपछि चिसो बढेको अवस्थामा विद्युत् आपूर्तिसमेत नियमित हुन नसकेको र कतिपय स्थानमा दुई दिनसम्म बत्ती नआएको उपभोक्ताको गुनासो बढेको थियो ।
प्रमुख कार्यकारी अधिकृत घिसिङले पुसे झरी लाग्दा चिसो बढेपछि काठमाडौँमा एकाएक विद्युत्को माग बढेका कारण अनामनगर, डिल्लीबजार, इमाडोल, बानेश्वर, रत्नपार्क, महाराजगञ्ज क्षेत्रका ट्रान्सफर्मरले लोड धान्न नसकेका कारण विद्युत्को नियमित आपूर्तिमा समस्या देखिएको बताउनुभयो ।
काठमाडौं, पुस १६ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउन आग्रह गरिरहेका बेला सबैभन्दा बढी विद्युत् खपत हुने उपत्यकामा आपूर्ति भने खल्बलिएको छ। एक सातायता उपत्यकाका अधिकांश ठाउँमा नियमित आपूर्ति नहुँदा उपभोक्ताले ‘खै बिजुलीर ?’ भन्न थालेका छन्। पूर्वसूचनाबिनै झ्याप्प–झ्याप्प बिजुली जाने समस्या ह्वात्तै बढेपछि उपभोक्ताले यस्तो प्रश्न गर्न थालेका हुन्। […]
२ पुस, काठमाडौं । काठमाडौंमा फेरि झ्याप-झ्याप बिजुली जाने क्रम बढेको छ । पछिल्ला दिनमा जसरी चिसो बढेको छ, त्यही दरमा विद्युत जाने समस्या बढेको छ । बिहीबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा पटक-पटक बिजुली गयो । लाइनहरु प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्नुपर्यो । गत वर्षहरुमा पनि यस्तै समस्या देखिने गरेको थियो । गत वर्ष धेरैले […]
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि नियुक्तिका लागि सरकारले वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन दबाब दिएको छ ।मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै सामु ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्झा भुषालले कुलमानलाई ल्याउनकै लागि शाक्यलाई पदबाट राजीनामा दिन दबाब दिएकी हुन् । उनले पछिल्लो समय बिजुली जाने समस्या बढेको, […]
काठमाण्डौ - काठमाण्डौका विभिन्न ठाउँमा आज बिजुली जाने भएकाे छ ।
साँखु, गोठाटार र कोटेश्वरमा आज बत्ती जाने नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले जनाएको छ । यी क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिने केन्द्रले जनाएको छ ।
यो फिडर अन्तर्गतका विद्युत बन्द गरिँदा गोकर्णेश्वर चौतारा, नाम्गेल, वीपी चोकदेखि सुन्दरीजल मेलम्ची दोबाटो काठमाण्डौ उपत्यका खानेपानी प्रशोधन केन्द्र र त्यसै सडकखण्ड क्षेत्रमा बत्ती जानेछ । यस्तै कोटेश्वर फिडर अन्तर्गतका विद्युत दिउँसो साढे १ ब...
काठमाडौं – सडक विस्तारका कारण बालाजु क्षेत्रमा शुक्रबार दिनभर बिजुली जाने भएको छ ।
शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म बालाजु क्षेत्रमा आवश्यकता अुनसार बिजुली जाने प्राधिकरणको बालाजु वितरण केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख सुरज रेग्मीले बनस्थली चोकदेखि बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि &nbs...