४ चैत, गोरखा । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूकम्पले क्षति पुर्याएका गोरखाको लाप्राक र बारपाकलगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा एकीकृत समाजवादीले लाप्राकमा शुक्रबार गरेको कार्यक्रममा अध्यक्षसमेत रहेका नेपालले लाप्राकसम्म सडकबाटो स्तरोन्नति, स्वास्थ्य, खानेपानी तथा बिजुलीको पहुँच पुर्याउन सम्बन्धित निकायमार्फत पहल गर्ने बताए । लाप्राकको नमुनाबस्तीमा खानेपानीको अभाव भएको त्यहाँका नागरिकले […]