काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल-भारतबीच देखिएका समस्या समाधान गर्न भारत भ्रमणका क्रममा पहल गर्ने भएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेपाल-भारत सम्बन्ध उच्चस्तरीय राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान गर्न पहल गर्नेबारे छलफल भएकाे हाे।बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘नेपाल र भारतबीच सरकार सरकारमा मात्रै सम्बन्ध नभएर जनस्तरबाट पनि उत्तिकै छ। हाम्रो बीचमा देखिएक