लमजुङको मध्यनेपाल नगरपालिकामा माघको तेस्रो साता महोत्सव हुने भएको छ । नेपालकै मध्यभागमा पर्ने मध्यनेपाल–२, सोतिपसलमा पर्यटन वर्षलाई लक्षित गरी दोस्रो रिस्ती उपत्यका महोत्सव हुन लागेको हो ।
आयोजकले पत्रकार सम्मेलन गरी माघको १७ देखि २६ सम्म महोत्सव हुने जानकारी गराएको हो । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै रिस्ती उपत्यकाको कला सँस्कृति, पर्यटन, व्यापारलगायतको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समिति संयोजक सीता शाहीले बताइन् । ओझेलमा परेको रिस्ती उपत्यकाको पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संवद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको संयोजक शाहीको भनाइ छ ।