काठमाडौं उपत्यकामा होली मनाउँदा उच्छृङ्खलता प्रदर्शन गरेको आरोपमा पक्राउ पर्नेको संख्या १६६ पुगेको छ । पक्राउ पर्नेमा १५६ पुरुष र १० जना महिला रहेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर प्रहरीले होली लक्षित सुरक्षा योजना बनाएर लागू गरेका थिए । समाचार तयार गर्दासम्म उपत्यकामा अप्रिय घटना भएको छैन ।पक्राउ पर्नेमा जबर्जस्ती लोला हान्ने, रंग दल्ने र विपरित लिंगीलाई दुर्व्यवहार गर्नेहरु छन् । पक्राउ परेकाहरुलाई कसुर अनुसार कारवाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सन्तोषसिंह राठ