‘ज्यापु समुदायलाई सहयोग गर्न सरकार तयार छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताएका छन् ।राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताए । उनले काठमाडौं उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापु समुदाय लागि परेको भन्दै […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयार छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताउनुभएको छ । शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रममन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार रहेको बताउनुभएको हो । वैदेशिक रोजगारीको क्षेत्रमा रहेका विकृति विसंगति रोक्न व्यवसायीको सहयोगको आवश्यकता रहेको समेत प्रधानमन्त्री दाहालले बताउनुभयो । वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, पारदर्शी एवं प्रभावकारी बनाउने र गलत क्रियाकलाप निरुत्साहित गर्ने प्रक्रियामा केही प्रगति भइरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले हरेक क्षेत्रमा जनता र राष्ट्रका निम्ति केही नयाँ शुरुआत गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । व्यवसायीले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार रहेको उहाँको भनाइ थियो ।

जनतालाई अधिकार सम्पन्न बनाउन सरकार तयार छः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनले लोकतन्त्र र संविधानको रक्षा गरेको बताएका छन्। सोमबार नेपाल प्रेस युनियनले काठमाडौँमा तिहारको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनताको सहयोग र निर्देशनमा सरकार र पार्टी चलाउनुपर्ने भन्दै जनतालाई अधिकार सम्पन्न बनाउन सरकार तयार रहेको बताए। उनले भने,’जनताको […]

लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले लगानीका लागि निजी क्षेत्रलाई सहयोग गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न नेपाल सरकार तत्पर रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घद्वारा आयोजित पूर्वाधार सम्मेलनको समापन समारोहमा आज उनले हाल अपनाइ आएको आर्थिक नीतिले सरकारलाई आधारभूत पूर्वाधार तयार गर्न र निजी क्षेत्रलाई त्यसको […]

बेपत्ता पारिएका परिवारलाई सम्बोधन गर्न प्रदेश सरकार तयार छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीसँग आज छलफलमा उनले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि बेपत्ता पारिएकाका परिवारलाई अन्य ढङ्गले सहयोग गर्ने प्रष्ट पारे । ‘प्रदेश सरकारसँग […]

बेपत्ताका परिवारलाई उचित सम्बोधन गर्न सरकार तयार : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएकाका परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’का पदाधिकारीहरूसँगको छलफलमा आज (आइतबार) उनले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि बेपत्ता पारिएकाहरूका परिवारलाई अन्य ढंगले सहयोग गर्ने बताएका हुन्।‘प्रदेश सरकारसँग बजेटको आयतन नै सानो हुने रहेछ’‚ मुख्यमन्त्री राईले भने,

निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैं सहयोग गर्ने बताएका छन्। नेपाल उद्योग परिसंघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि सरकार तयार रहेको बताए। भने, “हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैं प्रवद्र्धन गरेको छ। निजी क्षेत्रलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी तयार छौं।”

कमजोर अर्थतन्त्रलाई माथि उठाउन सहयोग गर्छु – प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कमजोर अर्थतन्त्रलाई माथि उकास्न सहयोग गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को प्रतिनिधिसँगको भेटघाटमा देउवाले यस्तो बताएका हुन्। उनले महासंघसँग भने, “समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्छ।” उनले निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न र आवश्यक पर्ने सहयोग गर्न सरकार तयार रहेको आश्वासन दिए।

उज्वल थापाको उपचारमा आवश्यक सहयोग गर्ने सरकारको प्रतिवद्वता

सरकारले विवेकशील साझा पार्टीका नेता उज्वल थापाको उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको जनाएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता थापाको स्वास्थ्य अबस्था चासो राख्दै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका हुन् । पोखरेलले आइतबार थापाकी आमा शान्तालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।  ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्य