भरतपुर । भरतपुर महानगरपालिकाको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०७९/८० को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेनु दाहालले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनालाई यो कार्यकालमा पूर्णता दिने दाबी गरिन् ।
भरतपुरमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना र निर्माण हुने सिग्नेचर ब्रिज, अलपत्र अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र ल्याण्डफिल साइटको कामलाई पूर्णता दिने उल्लेख गरिन् । एकान्टेविलिटी इनिसियटिभ प्रालिको संयोजनमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गणेश नेपालीले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा एक दर्जन बढी सहभागीले भरतपुर महानगरपालिका र अन्य सेवा प्रवाह निकायहरूले प्रदान गर्ने कामबारे गुनासो एवम्...