नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने घोषणा भएको थियो । सोहीअनुसार १० गते नारायणी किनारमा भव्य उपस्थिति एवं उत्साहका बीच महाधिवेशनको उद्घाटन भयो । एमाले नेताहरूले जनसागर आगामी चुनावमा एमालेले बहुमत ल्याउने र सरकार बनाउने घोषणा पनि सोही मञ्चबाट गरे ।तर, सोही दिन राति बन्दसत्रका लागि सौराहा पुगेपछि भने नारायणी किनारमा देखिएको उत्साहमा एकाएक चिसोपानी छ्यापियो । १२ गते नै सक्ने भनिएको महाधिवेशन नेताहरूको व्यवस्थापकीय कमजोरीका कारण १३ गतेसम्म जारी छ ।उद्घाटन क