कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमवार फेसबूकमा लेखे– ‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यसभित्र पनि महाधिवेशन नगरी नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पुर्याइएको छ । यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरवाही अरू के हुन्छ ? यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता समाल्न पुग्छन् ।’
वरिष्ठ नेता पौडेलको यो टिप्पणीले नेपाली कांग्रेसक...