प्रदेश १ : गठबन्धन सफल कि असफल ?

प्रदेश १ मा पहिलो पार्टी बन्न सफल भएको नेपाली काँग्रेसमा गठबन्धनबारे मत विभाजित देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले गठबन्धन गरेकै कारण सफलता प्राप्त गरेको स्वीकार गरेको छ भने संस्थापन इतरपक्षले भने गठबन्धनकै कारण काँग्रेस सफल भएको मान्न तयार नदेखिएको हो ।‘यो गठबन्धन र तालमेलको अभ्यासको लामो अनुभव छैन । त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न कठिनाइ देखियो । विराटनगर, इटहरी र धरानमा हामीले गठबन्धनलाई जिताउन सकेनौँ,’ काँग्रेस नेता गुरुराज घिमिरेले भने, ‘यस्ता केही सकारा

सम्बन्धित सामग्री

प्रदेश १ : १०५ पालिकाको परिणाम, ५४ प्रतिशत पालिकामा गठबन्धन असफल

विराटनगर । प्रदेश १ का १०५ पालिकाको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ, जसमा ७४ वटामा पाँच दलको गठबन्धन थियो । तीमध्ये पालिकामध्ये ५४ प्रतिशत अर्थात् ४० पालिकामा गठबन्धन असफल बनेको छ । ४६ प्रतिशत अर्थात् ३४ पालिकामा मात्रै गठबन्धन सफल बनेको देखिएको छ ।तथ्याङ्क अनुसार ४३ पालिकामा दलहरु एकल प्रतिस्पर्धामा थिए । त्यसमध्ये कतिपय पालिकामा काँग्रेस–एमाले, माओवादी–जसपा र नेकपा एकीकृत समाजवादी र माओवादीमात्रै पनि गठबन्धन भएको थियो । तथ्याङ्कमा उल्लेख गरिएका ७४ पालिकामा भने काँग्रेस–मा