हिमाली जिल्ला सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरुआत भएको छ । सोलुदुधकुण्ड नगरपालिका-६ थातिङमा आज अभियानको सुरुआत गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले महिनावारी अभिसाप नभई वरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताउनुभयो ।
२ जेठ, जनकपुरधाम । ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत भएका कामको भुक्तानी माग्दै दर्जन बढी निर्माण व्यवसायीहरु गत मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको कार्यालयमा पुगे । त्यहाँ मुख्यमन्त्रीका निजी सचिव लालबाबु यादवसँग उनीहरुको भनाभन पर्यो । मधेश भवनमा परिसरमा अर्थमन्त्रीसँग पनि नोकझोक परेपछि उनीहरु मुख्यमन्त्रीको कार्यकक्षमा पुगेका थिए । ‘अर्थमन्त्रीलाई बाटोमा भेट्दा एकछिन हाम्रो कुरा […]
३ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारले निर्माण गरेको ९५ वटा सार्वजनिक शौचालय प्रयोगमा नआउँदै अलपत्र परेको छ । तीमध्ये केही शौचालय प्रयोगमा आउन नसक्ने अवस्थामा पुगिसकेका छन् । प्रदेश सरकारले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत ९५ सार्वजनिक स्थलमा शौचालय बनाएको थियो । तर, भुक्तानीमा झमेला हुँदा शौचालय तयार भएको महिनौं बित्दा पनि सम्बन्धित निकायमा हस्तान्तरण […]
६ भदौ, काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग राजीनामा मागे । उनले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार भएको आरोप लगाउदै राजीनामा माग गरेका हुन् । मुख्यमन्त्री राउतको प्रत्यक्ष पहल, निगरानीमा सञ्चालित कार्यक्रममा अनियमितता भएको पुष्टिपछि यादवले राजीनामा माग गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० […]
मधेश प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत पोखरी सौन्दर्यीकरण कार्यक्रमको नाममा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । केही दिनअघि महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।मुख्यमन्त्री लालबाबु राउतको पर्सा निर्वाचन क्षेत्रस्थित नगवा पोखरी, मुरली पोखरी, लक्ष्मणवा पोखरी र निचुटा पोखरीको सौन्दर्यीकरणमा करोडौँ रुपैयाँ अनियमितता भएको सो प्रतिवेदनमा उल्लेख छ । ती पोखरीको सौन्दर्यीकरणका लागि मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत २३ करोड ९० लाख
जानकी मन्दिरमा मधेस प्रदेश सरकारले सौन्दर्यकरणको नाममा भ्रष्टचार गरेको आरोप मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले लगाएका छन् । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिरको सौन्दर्यकरणको नाममा गरेको कमसल गुणस्तरहीन निर्माण कामले मन्दिरको स्वरूपलाई कुरुप बनाएर भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।उनले भने, ‘मधेस प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मन्दिरको सौन्दर्यकरण र विद्युतिकरणको नाममा भ्रष्टाचार गर्न मन्दिरका
पुस १५, वीरगञ्ज । वीरगञ्जका होटलहरूको स्तरीकरण गरिने भएको छ ।
स्थानीय होटल तथा रेष्टुरेन्टहरूमा खाद्य स्वच्छता तथा गुणस्तर कायम गरी त्यसको स्तरको आधारमा लोगो प्रदान गर्न लागिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जनकपुरले विहीबार वीरगञ्जमा यसबारेमा होटल सञ्चालकहरुसँग अन्तरक्रिया गरेको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जसँगको सहकार्यमा भएको कार्यक्रममा स्थानीय होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, मिठाइ पसल सञ्चालकको सहभागिता थियो ।
सहभागी सञ्चालकलाई खाद्य स्वच्छता, गुणस्तर र यसका आधारमा होटलको स्तरीकरणबारेमा जानकारी दिइएको डिभिजन कार्यालयका अधिकृत रत्नकान्त झाले बताए । होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छताको आवश्यकता र यसका उपायबारे सञ्चालकहरूलाई जानकारी दिइएको थियो ।
वीरगञ्जका होटल तथा रेष्टुरेन्टका ५२ जना सञ्चालको सहभागिता रहेको थियो । कार्यक्रममा स्वच्छताका बारेमा जानकारी दिइएको र पालना भए/ नभएको अनुगमन गरेर होटलहरूलाई स्तरअनुसार लोगो प्रदान गरिने खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका प्रमुख बिक्की राउतले जानकारी दिए ।
होटलमा खाद्य स्वच्छता कायम गर्न १० दिनको समय दिइएको छ । स्वच्छताको अवस्थाबारे अनुगमन र लोगो बितरणका लागि सात सदस्यीय समितिसमेत गठन भएको छ । होटल तथा पर्यटन व्यासायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले अनुगमनको क्रममा केही अनावश्यक निर्देशन पनि दिने गरेको गुनासो गरे । होटलमा खाद्य स्वच्छता र त्यसका आधारमा हुने स्तरीकणको पहल सकारात्मक भएको पनि पन्तले बताए ।
यसैबीच होटल तथा पर्यटन व्यवसायी संघले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र प्रहरी उपरीक्षक रमेश बस्नेतलाई स्वागतसमेत गरेको छ ।