मधेस प्रदेश सरकारले जानकी मन्दिरको सौन्दर्यकरणमा अनियमितता गरेको आरोप

जानकी मन्दिरमा मधेस प्रदेश सरकारले सौन्दर्यकरणको नाममा भ्रष्टचार गरेको आरोप मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले लगाएका छन् । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत  मन्दिरको सौन्दर्यकरणको नाममा गरेको कमसल गुणस्तरहीन निर्माण कामले मन्दिरको स्वरूपलाई कुरुप बनाएर भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।उनले भने, ‘मधेस प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रम अन्तर्गत मन्दिरको सौन्दर्यकरण र विद्युतिकरणको नाममा भ्रष्टाचार गर्न मन्दिरका

सम्बन्धित सामग्री

मधेस प्रदेश : असारे विकासमा भएको अनियमितता छानबिन गर्न समिति गठन

काठमाडौं : मधेस प्रदेशमा असारे विकासको नाममा अनियमितता भइरहेको आरोप लागेपछि सभामुख सरोजकुमार यादवले ८ सदस्यीय छानबिन समिति गठन गरेका छन्।सोमबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेशसभाको बैठकमा असारे विकासको नाममा अनियमितताको विषय उठाउँदै छानविनका लागि समिति गठन गर्न माग गरेपछि सभामुख यादवले उपसभामुख उपमाकुमारी देवको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेका हुन्।सभामुख यादवले १५ दिन भित्रमा प्रतिवेदन पेस गर्ने गरि उपसभामुख देवको संयोजकत्वमा समित

मधेस सरकारलाई ओलीको आरोप- नारामा बेटी पढाऊँ, बेटी बचाँऊ, व्यवहारमा साइकल पचाऊँ !

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको 'बेटी पढाऊँ, बेटी बचाऊँ' कार्यक्रममा अनियमितता भएको भन्दै कडा आलोचना गरेका छन् । एमालेको पर्सा-काठमाडौं सम्पर्क समितिले काठमाडौंमा गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको योजनाबाट साइकल वितरण नभएको आरोप लगाए ।