काठमाण्डौ – भारतले अर्को हप्तादेखि नेपाललाई कोरोना विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा अर्को हप्तादेखि खोप उपलब्ध गराउने जानकारी गराउनुभएको हो ।
नेपालले खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड खोप प्राप्त हुन बाँकी छ भने थप खरिदका लागि समेत प्रक्रियामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच चीनले नेपाललाई कोरोनाभाइरस विरूद्धको १० लाख डोज सिनोभ्याक खोप अनुदानमा दिने भएको छ । नेपालका लागि &nbs...