नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यको महत्व छ: मन्त्री शाही - NepaliPatra

अजरबैजान । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) स्थलमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हित र सहयोगका विविध पक्षमा कुरा भएको भेटमा सहभागी मन्त्रालयका उपसचिव दीपा ओलीले जानकारी दिए । भेटमा मन्त्री […]

सम्बन्धित सामग्री

वायुसेवा निगम सुधार्न विशेष महत्व दिएको छु : मन्त्री किराँती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार्न विशेष महत्व दिएको बताएका छन्। निकै कमजोर अवस्थामा रहेको निगमको हालको अवस्थालाई सुधारेर साँच्चिकै गौरव गर्न लायक ध्वजावाहक बनाउन विभिन्न प्रयत्न भइरहेको उनले बताए । पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउन विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग आज अन्तक्र्रियाका क्रममा […]

जहाज समयमा उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस् : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन् । आज वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन् । उनले निगमका जहाजहरुको […]

जाँदाजाँदै जनार्दनले भने- राष्ट्र बैंक र अर्थमन्त्रालयको महत्व बुझेँ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंक र अर्थमन्त्रालयको महत्व बुझेको बताएका छन् । सोमबार मन्त्रालयबाट बाहिरिँदै गर्दा कर्मचारीसँगको बिदाई कार्यक्रममा उनले मन्त्री भएपछि राष्ट्र बैंक र मन्त्रालयलाई राम्ररी बुझ्ने अवसर पाएको अनुभव सुनाए । ‘मैले अर्थमन्त्रालय सम्हालेपछि अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई राम्रोसँग बुझ्ने अवसर पाएँ । उनले अर्थमन्त्री भएपछि सरकार कसरी चलाउने ? […]

स्वास्थ्यको लागि खेल महत्वपूर्ण : खेलकुदमन्त्री

काठमाडौँ,३ साउन । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण हुने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अन्नपूर्ण ब्रसेल्स क्लबबीच आज भएको मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन गर्दै मन्त्री गहतराजले शारीरिक विकासको लागि पनि खेलको महत्व छ भने । उनले नेपाली खेलकुदलाई वैज्ञानिक तवरले कसरी […]

प्रेस संग्रहालयप्रति सरकार सकारात्मक : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस संग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताएका छन् । वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामाग्रीसहितको संग्रहालयका लागि काउन्सिलले तयारी गरिरहेको छ । आइतबार सञ्चारग्रामस्थित काउन्सिल अवलोकन गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले ऐतिहासिक महत्व राख्ने यो काम सम्पन्न गर्नका लागि सरकारले आवश्यक

प्रेस सङ्ग्रहालयप्रति सरकार सकारात्मक : सञ्चार मन्त्री

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस सङ्ग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताएका छन्।वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामग्रीसहितको सङ्ग्रहालयका लागि काउन्सिलले तयारी गरिरहेको छ।आइतबार सञ्चारग्रामस्थित काउन्सिल अवलोकन गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले ऐतिहासिक महत्व राख्ने यो काम सम्पन्न गर्नका लागि सरकारले आवश

‘पत्रकारितामा विश्वसनीयताको सङ्कट’ : पूर्व मन्त्री बाँस्कोटा

पूर्व सूचना मन्त्री तथा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले विश्वसनियताको सङ्कटले पत्रकारिताको महत्व घट्दै गइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो “नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता …

पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्नुस् : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न नेपाल पशुचिकित्सा परिषद्लाई निर्देशन दिएकी छन् ।  शुक्रवार परिषद्का पदाधिकारीहरूको उपस्थितीमा मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो निर्देशन दिएकी हुन् ।  कार्यक्रममा उनले भनिन्, ‘पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान कसरी सञ्चालन गर्न सकिएला ? त्यससम्बन्धी कार्यक्रम बनाउनुस् ।’ पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसं...

राष्ट्रपतिको भ्रमणले नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुग्छ : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको स्पष्ट पारे ।