कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न नेपाल पशुचिकित्सा परिषद्लाई निर्देशन दिएकी छन् ।
शुक्रवार परिषद्का पदाधिकारीहरूको उपस्थितीमा मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो निर्देशन दिएकी हुन् ।
कार्यक्रममा उनले भनिन्, ‘पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान कसरी सञ्चालन गर्न सकिएला ? त्यससम्बन्धी कार्यक्रम बनाउनुस् ।’
पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसं...