सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस काउन्सिल नेपालको संयोजनमा निर्माण हुन लागेको प्रेस संग्रहालय चाँडै अघि बढाउनुपर्नेमा नेपाल सरकार सकरात्मक रहेको बताएका छन् । वर्षौंदेखि प्रचलनमा रहेका विभिन्न खालका छापाखाना मेसिन, छापामा प्रयोग हुने अन्य सामाग्रीसहितको संग्रहालयका लागि काउन्सिलले तयारी गरिरहेको छ । आइतबार सञ्चारग्रामस्थित काउन्सिल अवलोकन गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले ऐतिहासिक महत्व राख्ने यो काम सम्पन्न गर्नका लागि सरकारले आवश्यक