आर्थिक अभाव झेलिरहेको श्रीलंकालाई भारतले यसवर्ष ३.८ अर्ब अमेरिकी डलर सहयोग गरेको जनाएको छ । भारतीय विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पत्रकारको प्रश्नमा जवाफ दिने क्रममा भने ,‘श्रीलंका र त्यहाँका जनताले सामना गरिरहेका अधिकाशं चुनौतीहरूबारे हामी सचेत छौं । यो कठिन समयलाई पार गर्ने प्रयासमा हामी श्रीलंकाका जनताको साथमा छौँ ।’अरिन्दम बागचीले अगाडि भने,‘श्रीलंकालाई ‘नेबरहुड फस्ट(छिमेकी पहिलो)’ नीति अनुरुप भारतले