शुक्रबार भारत भ्रमणको सिलसिलामा नयाँ दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने निश्चित भएको छ । आइतवार बिहान प्रचण्ड र मोदीबीच भेटवार्ता हुने निश्चित भएको हो । भारतीय विदेश मन्त्रालय स्रोतका अनुसार आइतबार बिहान ८ः३० बजे भारतीय प्रधानमन्त्री मोदी निवासमा ब्रेकफास्टसँगै भेटवार्ता गर्ने तय भएको हो । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा गएका हुन् । मोद