भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा कुटनीतिज्ञ नवीन श्रीवास्तवलाई प्रस्ताव गरेको भारतीय अङ्ग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सले स्रोतलाई उल्लेख गर्दै लेखेको छ। भारतीय अनलाइन पोर्टल ‘ब्युरोक्रेट्स इण्डिया’का अनुसार श्रीवास्तव सन् १९९३ मा आईएफएस अफिसरको रूपमा भारतीय विदेश मन्त्रालय प्रवेश गरेका थिए । हाल उनी अतिरिक्त सचिवका रूपमा पूर्वी एसिया डेस्कको नेतृत्व गरिरहेका छन्। श्रीवास्तवले पूर्वी एसियाको डेस्कको नेतृत्वका रूपमा भारत र चीनबीच जारी शृङ्खलाबद्ध कूटनीतिक तथा सैन्य