काठमाडौं : सरकारले पर्याप्त प्राविधिक दक्ष स्रोत साधनको व्यवस्थापन गर्न नसक्नाले प्राविधिक शिक्षा दिने संस्था र विद्यालयहरू बन्द हुँदै गएका छन्। विज्ञ एवं प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीका पूर्व सदस्यसचिव डा.रामहरि लामिछानेले दक्ष शिक्षक अभावले पछिल्लो समय प्राविधिक शैक्षिक संस्थाहरू बन्द हुँदै गएको बताएका हुन्।शुक्रबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले डिप्लोमा इन्जिनियरिङको गुणस्तर सुनिश्चितता सम्बन्धमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यसबारे दे