लुम्बिनी प्रदेश सरकारले मर्चवारमा प्राविधिक शिक्षालय स्थापना गर्ने

रुपन्देहीको पिछडिएको क्षेत्र मानिने मर्चवारमा लुम्बिनी प्रदेश सरकारले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले भारतसँगको सीमा क्षेत्रमा पर्ने मर्चवारमा  छिटै प्राविधिक शिक्षालय खोल्ने बताए ।नेपाली काँग्रेस मर्चवारी गाउँपालिकाले मर्चवारी–५ मा आयोजना गरेको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले विकासका दृष्टिले वर्षौंदेखि पिछडिएको यस क्षेत्रको समग्र विकासमा प्रदेश सरकारले ध्यान दिने बताए । उनले धार्मिक पर्यटकीय स्