उपनिर्वाचनमा माओवादीको नीति- घोषित चुनावी गठबन्धन नगर्ने, सहकार्य गर्ने !

काठमाडौं । नेकपा माओवादी केन्द्रको कात्तिक २६ गतेसम्ममा स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनको लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताको समय निर्धारण गरेर केन्द्रबाट पठाएको नीतिअनुसार उम्मेदवार सिफारिस गर्ने निर्देशन दिएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए । उनले भने, ‘पार्टीले बनाएको […]

सम्बन्धित सामग्री

उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन

पार्टीले समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने तर सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेको छ ।

अर्थ र गृहमा दलहरुको हानाथाप किन ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको १५ महिनामा तीन पटक गठबन्धनसँगै मन्त्रिपरिषद पनि हेरफेर गरे । जसरी पनि प्रधानमन्त्री हुनुपर्ने हठले गर्दा चुनावी गठबन्धन भुलेर एमालेसँग सहकार्य गर्न पुगेका दाहाल दुई महिनामा नै पुरानो गठबन्धनमा फर्किए । मुख्य गरी महत्वपूर्ण मन्त्रालय आफ्नो भागमा नपरेपछि गठबन्धन फेरेका दाहाल गृह र अर्थ मन्त्रालय आफुसँग नहुँदा असुरक्षित […]

लोसपा–एमाले गठबन्धनको ‘च्याप्टर क्लोज’, जसपा सत्ता गठबन्धनसँग वारपार गर्दै

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन नहुने भएको छ । सोमबार दुवै पार्टीका अध्यक्षबीच भएको छलफल पछि दुई पार्टी चुनावी गठबन्धन नगर्ने निर्णयमा पुगेका हुन् ।आज एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा चुनावी तालमेल नगर्ने निष्कर्षमा दुई नेता पुगेको अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले बताए । उनले भने, ‘एमालेसँग चुनावी तालमेल हुँदैन, सम्भव भयो भने कुनै शीर्ष नेताहरूको बीचमा सहकार्य हुनसक्छ तर च

चुनावी गठबन्धन र तालमेल गर्ने राप्रपाको निर्णय, को सँग मिल्ला

काठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको भोलिपल्टै पार्टी केन्द्रीय कमिटीबाट गठबन्धन गरेर जाने निर्णय गराएका छन् । राप्रपाले गठबन्धन, तालमेल या सहकार्य गर्ने निर्णय लिएको हो । आज राप्रपाले चुनावमा विभिन्न दलसँग गठबन्धन तालमेल र सकार्यका लागि पहलकदमीका लागि अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी समेत […]

बिग्रियो एमाले–राप्रपा सम्बन्ध, दमकमा ओलीलाई झड्का

नेकपा एमाले र राप्रपाबीच चुनावी गठबन्धन बनाउने कसरत भइरहेका बेला दुई पार्टीको सम्बन्धमा नयाँ ‘ट्विस्ट’ आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एउटै चिन्हमा चुनाव लड्ने गरी सहकार्य अगाडि बढाएपछि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाचाहिँ एमालेसँग टाढिएको छ ।कमल थापा र केपी ओलीको निकटताको सोझो असर एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर दमक नगरपालिकाको चुनावमा पर्ने देखिएको छ । दमकमा राप्रपाले शनिबार शक्ति प्रदर्शनसहित राम थापालाई मेयरको उम्मेदवार घोषणा

तेह्रथुममा पाँच दलीय चुनावी गठबन्धन हुने

आसन्न स्थानीय तहको निर्वाचनमा तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ ।जिल्लाका पाँच पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले मंगलबार विज्ञप्ति जारी चुनावी गठबन्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले जिल्लाका सबै स्थानीय तह निर्वाचनमा सहकार्य भएका हुन् । निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमतिपछि गोविन्द ढुंगानाको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।०७४ को निर्वाचनमा ६ स्थान

चुनावी गठबन्धन ठीक कि बेठीक

राजनीतिक पृष्ठभूमिमा सबैभन्दा तातेको विषय यतिबेला चुनावी गठबन्धन गर्न हुने कि नहुने भन्ने रहेको छ । पाँचवटा राजनीतिक दल जो एक्लाएक्लै रहँदा सत्तामा पुग्न सम्भव नभएका बेला गठबन्धन गरेपश्चात् मुलुकलाई राजनीतिक दुर्घटनाबाट जोगाउन सफल भएका थिए । गठबन्धनको महìव बढ्दै गएका समयमा निकटमै आएको स्थानीय तहको चुनावले यस सम्बन्धमा प्रश्न उठ्न थालेको छ । चुनावमा एक्लै जान ठीक कि अहिलेको सरकार गठनमा सहभागी दलबीच सहकार्य गरेर चुनावमा जान ठीक भन्ने चर्चा–परिचर्चा व्यापक रूपमा सतहमा आउन थालेका छन् ।

काँग्रेसले नपत्याए एमालेसँग चुनावी गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नेपाली काँग्रेसले नपत्याए नेकपा (एमाले) सँग चुनावी गठबन्धन हुने बताएका छन् । बुटवलमा प्रेस सेन्टरले आज (बिहीबार) गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभए पनि काँग्रेसले नपत्याएको अवस्थामा एमालेसँग सहकार्य हुने बताएका हुन् । ‘एमालेसँग तत्काल कुनै छलफल भएको […]

माओवादी स्थायी समिति बैठक : विचार मिल्नेसँग सहकार्यसँगै एकता

काठकाडौँ- नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार भएका वामपन्थी पार्टीसँग सहकार्य, एकता गर्दै नयाँ कम्युनिष्ट पार्टीको अवधारणाका साथ अगाडि बढ्ने निर्णय गरेको हो । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा चुनावी गठबन्धन र पार्टी […]