स्थानीय तहको निर्वाचनमा महन्थ, विप्लवदेखि सिके राउतसँग चुनावी गठबन्धन गर्ने ओलीको तयारी

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी स्थानीय तहको निर्वाचनमा अहिलेको सत्तारुढ पाँच दलीय गठबन्धनबाहेक अन्य दलहरुसँग सहकार्य गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आगामी स्थानीय तहको निर्वाचनलाई लिएर अहिलेदेखि नै गठबन्धन बनाउनेबारे छलफल थालेका छन् । यही माघ १२ गते भएको राष्टियसभाको निर्वाचनमा पनि एमालेले महन्थ ठाकुर […]

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन र लोकतन्त्रको सुदृढीकरण

आगामी वैशाख ३० गते मुलकुभर स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। यसका लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरी निर्वाचन आचारसंहिता समेत जारी गरेको छ। निर्वाचन नजिकिँदै जाँदा सबैतिर राजनीतिक बहस र क्रियाकलापले प्राथमिकता पाउन थालेको छ । राजनीतिक दलहरू चुनावी गठबन्धन तथा समीकरण निर्माण र जितहारको आंकलनमा व्यस्त छन्। तृणमूल तहसम्म लोकतन्त्रको बिस्तार गर्ने र नागरिकले […]

अंकगणित हेरेर गठबन्धनको भविष्य निर्धारण हुन्छ

सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै राजनीतिक दललाई चुनाव लागेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेताको दौडधुप सुरु भएको छ। केन्द्रीय नेता चुनावका लागि गाउँगाउँ पुगेका छन्। मंगलबारबाट सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेसले ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सुरु गरेको छ। स्थानीय चुनाव, चुनावी गठबन्धन र कांग्रेसको तयारी विषयमा कांग्रेस प्रवक्त […]

साताको कार्टुन : गठबन्धनको गन्तव्य !

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी तालमेल र गठबन्धनबारे विवाद र चर्चा चुलिएको छ । विशेष गरेर सत्तारुढ गठबन्धनमा कसरी चुनावी तालमेल गर्ने बारे बहस सुरु भएको छ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका अन्य घटकलाई आगामी निर्वाचनमा चुनावी गठबन्धन गरेर नै अघि बढ्ने आश्वासन दिएका छन् । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पनि गठबन्धन गरेर चुनावमा जाने पक्षमा छन् । तर, काँग्रेसको संस्थापनइतर रहेका नेताहरूले चुनावी गठबन्धन गर्नेबारे फरक मत राख्दै

सत्ता गठबन्धनमा चुनावी तालमेलको सम्भावना कति ?

चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनमा एकमत छैन। माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी गठबन्धन कायम गर्न चाहन्छन्। तर, कांग्रेसभित्रै चुनावी तालमेलका विषयमा मतभेद छ। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा चुनावी तालमेलको पक्षमा छन् भने संस्थापनइतर एक्लै चुनावमा जानुपर्ने अडानमा छ।वैशाख ३० को स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा गठबन्धनभित्र चुनावी तालमेलको विषय तीव्र बहसको विषय बनेको छ। शीर्ष नेताहरु चुनावी तालमेल गर्न एकमत देखिन्छन्। तर, अहिलेसम्म संस्थागत निर्णय हुन सकेको छैन।नेकपा ए

स्थानीय तह निर्वाचन : चुनावी तालमेल कस्तो हुन्छ ?

लामो छलफल र बहसपछि सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकैपटक गर्ने निर्णय गरेको छ। मिति घोषणा भएसँगै राजनीतिक दल चुनावी प्रतिस्पर्धाको तयारीमा लागेका छन्। चुनावको मिति तय भएसँगै चुनावी गठबन्धन र तालमेलको विषय चर्चामा छ। गठबन्धन र तालमेलको विषयमा दलसँगै नेताका फरक धारणा छन्। प्रमुख दलका नेतासँग गोरखापत्र अनलाइनका लागि सपना थामीले तयार पार्नुभएको सामग्री :