काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि बिहीबारदेखि ९ वटा ब्रुमर सञ्चालनमा ल्याउने भएको छ । महानगरभित्रको धूलो बढार्नको लागि ब्रुमर सञ्चालनमा ल्याइने महानगरले जनाएको छ ।
महानगरको दोस्रो कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले तीन दिनभित्र ब्रुमर चालक व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । तत्काल पाँचवटा ब्रुमरले काम गरिरहेकोमा...