नेपाल पक्षविरुद्ध ओली आक्रामक

काठमाडौं, बैशाख ८ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्। एमालेमा बसेर नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकामध्ये २७ प्रतिनिधिसभा सदस्य र पाँच कर्णालीका प्रदेशसभा सदस्य छन्। नेपाल पक्षका नेताले हालै कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका थिए। प्रतिनिधिसभा सदस्यतर्फ माधवकुमार नेपाल, झलनाथ खनाल, भीम […]

सम्बन्धित सामग्री

ओलीको टिप्पणीः ठेकीको विर्को खोल्दा प्रचण्डको अनुहार याद आउँछ

स्थानीय तह निर्वाचन नजिकिदै गर्दा आफनो पार्टी विरुद्ध गठवन्धन गरेका दलहरुप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन्। उनले दलका नेता, सरकार र मन्त्रीका विषयमा आक्रामक ...

गभर्नर निलम्बन प्रकरणमा ओलीको आक्रोश– धान खाने मुसो, चोट पाउने भ्यागुतो भयो

काठमाडौं, २६ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने सरकारको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओली आक्रामक देखिएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा आपत्ति प्रकट गरेका हुन् । देशको अर्थतन्त्र ओरालो लागिरहेको बेलामा सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाएको भन्दै उनले आक्रोश […]

मधेशमा बिग्रिएको छवि सुधार्दै ओली, आक्रामक चुनावी अभियानमा एमाले

कमजोर क्षेत्रलाई बलियो बनाउने रणनीति अन्तर्गत नै एमालेले पछिल्ला दिनहरूमा जनाधार र स्रोत जुटाउन सक्ने अन्य पार्टीका नेता तथा जनप्रतिनिधिहरूलाई लक्षित गर्दै मधेशमा शक्ति विस्तार गरिरहेको छ ।

एमाले विभाजन निश्चितप्रायः, ओलीको सुर्य माधव नेपालको के

काठमाडौं, २६ साउन । नेकपा एमालेको औपचारिक विभाजन निश्चितप्रायः भएको छ । अध्यक्ष केपी शर्मा ओली आक्रामक ढंगले अगाडि बढेपछि माधव नेपाल समानान्तर कमिटी गठनसँगै नयाँ दल दर्ता प्रक्रियातर्फ बढेको छ । नेपाल समूहले केन्द्रीय कमिटी सदस्य र सांसद सदस्य निश्चित गरी भावी कदम तय गर्ने तयारी गरेको छ । त्यसका लागि जतिसक्दो धेरै केन्द्रीय […]

ओली आक्रामक ढंगले बढ्दै, माधव नेपाल नयाँ पार्टी गठनको दिशामा

काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रामक ढंगले अगाडि बढ्ने भएका छन् । उनी पार्टीका कुनैपनि गतिविधि नरोक्ने गरी संगठनमा पकड बढाउँदै बढ्न लागेका हुन् । पार्टीको विधान महाधिवेशनलगायत विभिन्न प्रक्रिया बढाइसकेका ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाकेर थप निर्णयहरु गर्ने भएका छन् । पार्टी एकताका लागि भन्दै दोस्रो […]

रातोपाटी ब्रिफिङ : समितिमा परमादेशको बात, सर्वोच्चको आदेश नआउँदा महन्थलाई तनाव

आज २०७८ साउन १० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा महन्थ ठाकुरको रिट निवेदनमाथि सर्वोच्चले दिएन अन्तरिम आदेश, ओली पक्षका सांसदले ‘परमादेश’ को कुरा गरेपछि संसदीय समितिमा बबाल, देउवाले निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठलाई बनाए स्वास्थ्य राज्यमन्त्री, माधव नेपालप्रति ओली आक्रामक, अन्य नेताहरुलाई पार्टीमा फर्कन आह्वान, भीम रावलको प्रश्न ः एमालेभित्र सहमति

स्वेच्छाचारी यात्रामा अंकुश

इतिहासमै बलियो प्रधानमन्त्री बनेर चुलिएको केपी शर्मा ओलीको राजनीतिक उचाइ आफ्नै कारण झन्–झन् ओरालो लागेको छ । सर्वोच्च अदालतले कार्यकारीको स्वेच्छाचारी निर्णयमाथि क्रमशः अंकुश लगाउँदै जान थालेपछि प्रधानमन्त्री ओली आक्रामक कित्ताबाट अब रक्षात्मक बन्न पुगेका छन् ।

ओली आक्रामक, बाँकी रक्षात्मक

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली विरोधीहरुप्रति लगातार आक्रामक देखिएका छन् । उनले एकपछि अर्को कठोर कदम चालेर विरोधीलाई कमजोर पार्न प्रयास गरिरहेका छन् । त्यसका लागि जोखिमयुक्त निर्णयहरु पनि गरेका छन् । ओलीले आज सोमबार मन्त्रिपरिषदको बैठक डाकेर गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरु परिवर्तनको निर्णय गराएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गरेका […]