संयुक्त राष्ट्र सङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु

संयुक्त राष्ट्रसङ्घको महासभामा दिगो विकाससम्बन्धी छलफल शुरु भएको छ । अमेरिकाको न्युयोर्कमा भेला भएका विश्वभरिका नेताहरूले अन्तर्राष्ट्रिय विकास र जलवायु परिवर्तनको सामना गर्ने विषयबारे छलफललाई केन्द्रित गरेका छन् । महासभामा दिगो विकाससम्बन्धी सत्र शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो सम्मेलनमा सहभागी देशहरूले राष्ट्रसङ्घको दिगो विकास लक्ष्य कसरी हासिल गर्ने भन्नेबारे छलफल गर्नेछन् । यसमा विश्वको भोकमरी र गरिबी कसरी अन्त्य गर्ने, आयस्रोत र शिक्षामा सुधार कसरी हासिल गर्ने जस्ता विषय पर्छन् । स्वच्छ पानी र सरसफाइमा पहु...