संयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ । हाल संयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६ औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघको जारी महासभामा एक बैठक कोभिडका विरुद्धको खोपका विषयमा नै बस्नेछ र यसले आगामी वर्ष सन् २०२२ मा विश्वका नागरिकलाई कोभिड विरुद्धको खोपको सर्वसुलभ उपलब्धताको विष