सङ्क्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञामा कडाइ

बागलुङमा कारोना सङ्क्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिए ।     बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैरसरकारी कार्यालयका

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमण दर बढेपछि सीमा क्षेत्रमा कडाइ

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर दोब्बरले वृद्धि भएको छ । शुक्रबार १९ जनामा सङ्क्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।यसका साथै साउन महिनाको दुई साताको सङ्क्रमण दर हेर्दा पनि पहिलो भन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ । पहिलो  साता ५६ जनामा सङ्क्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।भारतमा कोरोना सङ्क्रमण दर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा सङ्क्रमण दर बढ्दै गएको नि

कोरोना भाइरसको दैनिक सङ्क्रमण दर २ प्रतिशत नाघ्यो

काठमाडौँ । केही दिनयता कोरोना सङ्क्रमण निरन्तर उकालो लागिरहेको छ । असार महिना लागेदेखि नै कोभिड सङ्क्रमण दर (पोजिटिभिटी रेट) बढ्दै गएको हो । यो दर बिहीबार २ प्रतिशत नाघेको छ । बुधबार त ३.८२ प्रतिशत पुगेको थियो । जबकि १५ दिनअघि असार १ मा सङ्क्रमण दर ०.६४ प्रतिशत मात्र थियो । सङ्क्रमण दर बढेसँगै सक्रिय सङ्क्रमितको संख्यामा पनि उल्लेख्य […]

नेपालमा सङ्क्रमण दर ३१.८ प्रतिशत पुग्यो

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो । शनिबार देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट सङ्क्रमण दर ३५.६ प्रतिशत र एन्टिजेन विधिबाट सङ्क्रमण दर २२.५ प्रतिश

दिल्लीमा कोभिड सङ्क्रमण दर ८.३७ प्रतिशत

दिल्लीमा मङ्गलबार पनि कोभिड–१९ सङ्क्रमणको बढ्दो तथ्याङ्कले राज्य सरकारलाई चिन्तित पारेको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा नयाँ सङ्क्रमितको सङ्ख्या पाँच हजार ४८१ पुगेको र यसका कारण सङ्क्रमण दर ८.३७ प्रतिशतमा पुगेको छ । यो सात महिनाको अवधिमा सबैभन्दा बढी भएको संघीय मन्त्रालयद्वारा मङ्गलबार जारी तथ्याङ्कमा उल्लेख छ । दिल्लीमा सबैभन्दा बढी सङ्क्रमण दर मे १७ मा ८.४१ प्रतिशतले रेकर्ड गरिएको थियो । सोमबार दिल्ली राज्य सरकारले चार हजार ९९ नयाँ सङ्क्रमित व्यक्ति भेटिएको र सङ्क्रमण दर ६.४६ प्रतिशत रहेको जनाएको थियो । कोरोनाभाइरस ...

कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झर्‍यो

काठमाण्डौ – नेपाली  श्रमिकको श्रम गन्तव्य देश कुवेतमा कोरोना सङ्क्रमण दर घटेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झरेको छ । यस्तै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पनि ९९.०९ प्रतिशत पुगेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण दर घट्नुमा नागरिकलाई लगाइएको खोपको उपलब्धि भएको कुवेती स्वास्थ्य मन्त्रालयले  उल्लेख गरेको छ ।  कुवेतमा अहिलेसम्म ४ लाख १० हजार ९०१ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ४ लाख ७ हजार ३९६ जना निको भएका छन् भने २४ सय ३४ जनाको ...

पाकिस्तानको कोभिड–१९ सङ्क्रमण दर ६.२१ प्रतिशत

पाकिस्तानमा कोरोनभाइरस सङ्क्रमण दर लगातार चौथो दिन छ प्रतिशतभन्दा माथि रहेको भन्दै अधिकारीहरूले सङ्क्रमण दर नियन्त्रणका लागि सबै क्षेत्रले सचेत पहल लिनु आवश्यक रहेको बताएका छन् ।पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टरले शनिबार उपलब्ध गराएको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ६४ हजार ०५३ व्यक्तिमा कोरोनभाइरस परीक्षण गरिएकोमा तीन हजार ९८० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।हाल पाकिस्तानको औसतमा सङ्क्रमण दर ६.२१ प्रतिशत रहेको छ । शनिबारसम्म पाकिस्तानमा

पाकिस्तानको कोभिड–१९ सङ्क्रमण दर ६.२१ प्रतिशत

पाकिस्तानमा कोरोनभाइरस सङ्क्रमण दर लगातार चौथो दिन छ प्रतिशतभन्दा माथि रहेको भन्दै अधिकारीहरूले सङ्क्रमण दर नियन्त्रणका लागि सबै क्षेत्रले सचेत पहल लिनु आवश्यक रहेको बताएका छन् । पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टरले शनिबार उपलब्ध गराएको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ६४ हजार ०५३ व्यक्तिमा कोरोनभाइरस परीक्षण गरिएकोमा तीन हजार ९८० व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । हाल पाकिस्तानको औसतमा सङ्क्रमण दर ६.२१ प्रतिशत रहेको छ । शनिबारसम्म पाकिस्तानमा ११ लाख ७५ हजार ५५८ कोरोनाभाइ...

थाहानगरपालिकामा कोरोना सङ्क्रमण दर बढ्दो

मकवानपुरको थाहा नगरपालिकामा अझै कोरोना भाइरस सङ्क्रमण दर घटेको छैन । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समितिले जति प्रयास गर्दा पनि कोरोना सङ्क्रमणदरमा कमी नआएको नगरप्रमुख लवशेर विष्टले बताए ।...

फेरि बढ्यो सङ्क्रमण दर, कति प्रतिशले लगाए कोरोनाविरुद्धको खोप ?

काठमाडौँ / पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले

विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण दर घट्यो

काठमाण्डौ – विदेशमा कार्यरत नेपालीहरूमा कोरोना सङ्क्रमण दर घटेको छ । पछिल्लो केही सातादेखि विदेशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण दर घटेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताउनुभयो ।  यस्तै विदेशमा कोरोनाबाट ज्यान गुमाउने दर पनि घटेको छ । गएको साता एक जना नेपालीको पनि कोरोनाबाट विदेशमा ज्यान गएको छैन ।  अहिलेसम्म विदेशका विभिन्न २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ भने ५३ देशमा ६३  हजार ३ सय ७ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्ट...