गृहमन्त्री बालकृष्ण खाँणले सीमानामा सशस्त्र प्रहरी बलको ५ सय बोर्डर आउट पोष्ट (बिओपी) राख्ने लक्ष्य रहेको बताएका छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक सि.सं. १४(क) आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै खाँण सो कुरा बताएका हुन् । दीक्षान्त समारोह सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आयोजना गरिएको थियो ।कोभिड–१९ महामारीमा सशस्त्र प्रहरीले गरेको कामको प्रशंसा गर्दै खाँणले सशस्त्र प्रहरीलाई थप साधन स्रोत सम्पन्न बनाउने बताए । सीमानामा अहिले सशस्त्र प्रहरी बलको २२६ वटा ब