काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।
आज बिहीवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी पर्यटन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गर्नुभएको हो । कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्त्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुसीक...