काठमाडौँ : शुक्रवार राति गएको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका क्षेत्रमा आज (आइतवार) शव बुझ्ने, दाहसंस्कार गर्ने तथा पीडितलाई अत्यावश्यक राहत सामग्रीलगायत पाल, कम्बल वितरणको कार्य भइरहेको स्थानीय तहका पदाधिकारीले जानकारी दिएका छन्।जाजरकोटको छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले भूकम्पमा ज्यान गुमाएकाको शव परीक्षण गरी भेरी नदी किनारमा दाहसंस्कार गरिएको जानकारी दिए। पाल, कम्बललगायत राहत सामग्री प्राप्त हुने क्रम जारी रहेको उनले बताए। ‘प्राप्त राहत सामग्री पीडितसमक्ष पुर्&z