काठमाडौं। कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर अब चिकित्सकको प्रिस्क्रिप्सनअनुसार आयातकर्ता कुपण्डोलस्थित आयान हेल्थकेयरले सिधै लिन सकिने भएको छ। त्यसका लागि चिकित्सकको सिफारिस र लिनजाने व्यक्तिको परिचयपत्रको प्रमाणपत्र आवश्यक पर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। रेम्डिसिभिरको मूल्य प्रतिभाइल ४,९०० रूपैयाँ रहेको र यसका लागि डा. अबुल अन्सारी ९८००-५५५९१०, सुवास ९८१०-१९४४१६, विमल ९८४१-५०६३७०, कमल ९८५१-१२४६३९, ९८५११-२४६३९ मा सम्पर्क गर्नसकिनेछ।