ल्याइयो अभाव भएको रेम्डिसिभिर, कहाँ कति वितरण ?

काठमाडौं : कोभिड १९ संक्रमित बिरामीहरुको उपचारका लागि प्रयोग गरिने रेम्डिसिभिर वितरण गरिएको छ। मंगलबार अपराह्न राजधानी आइपुगेको सो औषधि मुलुकभरका ५० वटा स्वास्थ्य संस्थालाई २ हजार ४ सय ९ र सोझै बिरामीलाई २०० भाइल वितरण गरिएको औषधि व्यवस्था विभागले जनाएको छ। रेम्डिसिभिरको अधिकांश वितरण राजधानी केन्द्रित भए पनि बुधबार आउने ४ हजार भाइल राजधानी बाहिर पठाइने विभागले जनाएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज १३५, नेपाल प्रहरी अस्पताल १०८, ग्रान्डी ५४, चियायु नेशलन ५४, केडिसी २७, भक्तपु