काठमाडौं – प्रदेशसभा तर्फ २ भोट गुमाएका गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला स्थानीय तहको मतले जित उन्मुख देखिएका छन् । स्थानीय तह तर्फ राप्रपा उम्मेदवार उद्धव पौडेलले १०९ मत मात्र प्राप्त गरेका छन् । प्रदेशसभामा सिटौला भन्दा २ मत बढी पाएका पौडेल स्थानीय तहमा भने १०९ मा रोकिएका हुन् । स्थानीय तहमा एमालेका ११२ सांसद छन् […]
विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं. १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला सर्वसम्मत चयन भएका छन्।शुक्रबार झापामा भएको संसदीय दलको बैठकले सिटौलालाई सर्वसम्मत दलको नेता चयन गरेको पार्टीका प्रदेशसभा सदस्य सविना बजगाईंले जानकारी दिइन्।राप्रपा केन्द्रीय समितिका प्रवक्तासमेत रहेका सिटौला झापा ४ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका सांसद हुन्। प्रदेशमा राप्रपाबाट प्रत्यक्ष निर्वाचित २ जना र समानुपातिकबाट निर्वाचित ४ गरी ६ जना सांसद छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो ।राप्रपा प्रदेश १ अध्यक्ष रामकुमार थापासहित प्रदेश सभा सदस्यहरुको उपस्थितिमा धनकुटा अध्यक्ष कुमार थापा, झापा अध्यक्ष केशव ओझा, सुनसरी अध्यक्ष दुर्गा बस्नेत, मोरङ अध्यक्ष माधवप्रसाद आचार्यलगायतको बैठकबाट सिटौलाको नाम दलको नेतामा सर्वसम्मत भएको हो ।प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपा मिलेमा सरकार बन्न म
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश १ संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । शुक्रबार बसेको दलको बैठकले पार्टीको केन्द्रीय प्रवक्तासमेत रहेका सिटौलालाई सर्वसम्मत चयन गरेको हो । राप्रपा प्रदेश १ अध्यक्ष रामकुमार थापासहित प्रदेश सभा सदस्यहरुको उपस्थितिमा धनकुटा अध्यक्ष कुमार थापा, झापा अध्यक्ष केशव ओझा, सुनसरी अध्यक्ष दुर्गा बस्नेत, मोरङ अध्यक्ष माधवप्रसाद […]
काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्षमा दुई पूर्व, एक बहालवाला र एक गृहराज्यमन्त्री पराजित भएका छन्। यी चारजना नेपाली कांग्रेसका नेता राप्रपाका उम्मेदवारसँग पराजित भएका हुन्। कमल थापा, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, देवेन्द्रराज कँडेल राप्रपा उम्मेदवारसँग पराजित भएका हुन्।नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका छन्। झापा ४ बाट उम्मेदवारी दिएका पूर्वगृहमन्त्री सिटौला लिङदेनसँग ३‚२७६ मतान्तरले पराजित भएका हुन्।लिङदेनले ४०&sb
लामो गृहयुद्धको अन्त्य, शान्ति–सम्झौता र गणतन्त्र स्थापनामा खास भूमिका खेलेका नेता हुन्, कृष्णप्रसाद सिटौला । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्ने संविधान जारी भएपछिको दोस्रो प्रतिनिधिसभा निर्वाचनमा उनी झापा–३ बाट उठेका छन् । २०४८ यता उनले प्रतिस्पर्धा गरेको यो सातौं राष्ट्रिय निर्वाचन हो । यसपटक उनको मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष […]
काठमाण्डाै - मंसिर ४ गते हुने चुनाव झापाका लागि रोचक छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका ‘हाइ प्रोफाइल’ नेताहरु झापाबाटै प्रतिस्पर्धामा छन् ।
त्यसमा पनि झापाको क्षेत्र नं. ३ झनै रोचक छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबीच उम्मेदवार बन्नुभएका राप्रपा अध्यक्ष लिङ्देन र सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सिटौला चौथो पटक प्रतिस्पर्धामा रह...
बनियानी, २२ कात्तिक (रासस) : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । यस क्षेत्रको चुनावी परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव […]
झापा, कात्तिक २२ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा ३ को प्रतिस्पर्धा रोचक बन्दै गएको छ। त्यहाँ माओवादीलाई शान्तिप्रक्रियामा ल्याउँदै कांग्रेसलाई गणतन्त्रमा जान भूमिका खेलेका नेता कृष्णप्रसाद सिटौला र अहिले पनि राजतन्त्रको पक्षमा प्रतिबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आमनेसामने छन्। तीन दशकभन्दा पहिलेदेखि नै एकअर्काविरुद्ध खडा झापाका यी दुई […]