जुम्ला : तिला गाउँपालिका–६ की कुन्ती रावतको सीप सिकेर आत्मनिर्भर बन्ने सोच थियो। उनलाई तालिम कसले देला भन्ने लाग्थ्यो। रावत योपटक ३ महिने ढाका बुनाइ तालिम पाएपछि खुसी भएकी छन्।उनले भनिन्, ‘दुई महिने ढाका बुनाइ तालिम लिएँ। त्यो तालिममा दक्ष हुन सकिनँ। फेरि हामीलाई एकमहिने ढाका बुनाइ सम्बन्धी तालिम दिइएको छ। तीनमहिने तालिमबाट ढाकाका सौउल बुन्न सिकेका छौँ।’महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिना ढाका बुनाइ सम्बन्धी तालिम दिइएको तिलागाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बता