तीन दिने ‘ढाका प्रदर्शनी’ हुँदै

ढाकाका कपडाको प्रबद्र्धन गर्नलाई यही पुसमा तीन दिने ‘ढाका प्रदर्शनी’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरिले पुस २, ३ र ४ गते ढाका प्रदर्शनी आयोजना हुने बताए ।उनले नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी संघको आयोजनामा प्रदर्शनी हुने लागेको रातोपाटीलाई जानकारी दिए । पुस २ गते ह्याण्डलुम (हाते तान) तथा ढाका उद्योगी कपडा संघको सम्मेलन छ र त्यही दिनदेखि प्रदर्शनी सुरु हुनेछ ।नेपालमा तेह्रथुमे र पाल्पाली ढाकाको प्याटेन्ट र ट्रेडमार्क रहेको गिरीले जान

सम्बन्धित सामग्री

भोलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं : सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारका अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले सूचना सार्वजनिक गर्दै मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ।

हिमालयन डिस्टिलरीले शतप्रतिशत लाभांश दिने

हिमालयन डिस्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई सतप्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको नाफाबाट लगानीकर्तालाई शतप्रतिशत लाभांश दिने भएको हो ।कम्पनीले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्न कम्पनीले २८ पुसमा २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।साधारणसभाका लागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने बताएको छ । यसको अर्थ पुस १५

बेलायतले चिनियाँ र भारतीय खोपलाई मान्यता दिने

काठमाडौं : बेलायतले कोरोनाविरुद्ध चीनले उत्पादन गरेको सिनोभ्याक र सिनोफार्म तथा भारतको कोभ्याक्सीन खोपलाई मान्यता दिने भएको छ। विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिएका खोपहरुलाई बेलायतले पनि मान्यता दिने भएको हो। खोपलाई मान्यता दिएसँगै यी खोप लगाउने व्यक्तिलाई बेलायतले भिसा दिने छ। आगामी २२ नोभेम्बरमा बेलायतले यी खोपहरुलाई मान्यता दिने निर्णय लागू गर्ने भएको छ। त्यसपछि खोप भिसाका कारण समस्यामा परेका व्यक्तिहरुलाई राहत मिल्नेछ। बेलायतको यातायात विभागले यात्रा सम्

कर्णालीका मुख्यमन्त्री शाहीले राजीनामा दिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजिनामा दिने भएका छन् । उनले सोमबार साझ पदबाट राजीनामा दिने तयारी गरेका छन् । काँग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिन लागेका हुन् । शाहीले उक्त बिषयमा छलफल गर्न ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

शुक्रबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।

मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस दिने

१९ असोज, काठमाडौं । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । कम्पनीले बोनससँगै शेयरधनीहरुलाई कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक […]

शुक्रबार विप्लवले प्रशिक्षण दिने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रवासमा रहेका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएका छन् । महासचिव विप्लवले शुक्रबार दिउँसो २ बजेदेखि जुममार्फत नेता, कार्यकर्ताहरूलाई प्रशिक्षण दिने भएका हुन् । नेपाली जनप्रगतिशील मोर्चा कतार र नेपाली जनप्रगतिशील बहराइनको आयोजनामा हुन लागेको सो कार्यक्रममा महासचिव चन्दले कपिलवस्तु शिवगढीबाट प्रशिक्षण दिनेछन् ।‘व्यपारिक भेदभावयुक्त शहरिया व्यवस्थापनको अन्त्य गरौं, गाउँबस्तीहरुलाई आफ्नै शैलीमा विकसित

काँग्रेस संसदीय दलको बैठक : विश्वासको मत दिने सबैलाई धन्यवाद दिने निर्णय

संघीय संसद नयाँ बानेश्वरमा बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठक सकिएको छ  । बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू, जनता समाजवादी पार्टी (उपेन्द्र यादव) पक्ष,  राष्ट्रिय जनमोर्चाका सांसदहरुलाई धन्यवाद दिने पनि निर्णय गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसद्मा विश्वासको मत लिँदैछन् । काँग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकमा पार्टीका सबै सांसदहरुल

गुगलले दिने खोप नेपालले पनि पाउन सक्ने

काठमाडाैं। कोभिड १९ को महामारीसँग जुध्न गुगलले विभिन्न देशलाई २ लाख ५० हजार डोज खोप अनुदान दिने भएको छ। खोप आवश्यक भएका निम्न तथा मध्यय आय भएका देशलाई अनुदान दिने गुगलले बताएको छ। विस्तृत विवरण सार्वजनिक नभएपनि गुगलले दिने अनुदानको खोप नेपालले पनि पाउन सक्ने बताईएको छ।