तीन ओटा कम्पनीले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग मागे अनुमति

वैशाख २८, काठमाडौं ।  तीन ओटा अलग- अलग कम्पनीले मंगलवार ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्रसँग अनुमति मागेका छन् ।  कृषि विकास बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकले ऋणपत्र निष्कासन गर्न अनुमति मागेका हुन् । कृषि विकास बैंकले ४ प्रतिशत एग्रिकल्चर बोण्ड नामक  ऋणपत्र निष्कासन गर्नका लागि वैैशाख १३ गते निवेदन दिएको हो । बैंकले रू. ४ अर्ब बरावरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएको हो ।जसमध्ये  बैंकले १६ लाख कित्ता सर्वसाधारणको लागि र २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी लक्ष्मी बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न निवेदन दिएको हो । उक्त बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नका लागि निवेदन दिएको छ । विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।  माछापुच्छ्रे बैंकले भने रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो । उक्त बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।  विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङग लिमिटेड रहेको छ ।   

सम्बन्धित सामग्री

हरित ऋणपत्र निष्कासन गर्न सकिने व्यवस्थासहित नियमावली संशोधन

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ मार्फत हरित ऋणपत्र (ग्रीन बन्ड) सम्बन्धी कानूनी व्यवस्था ल्याएको छ। बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा हरित बन्डलगायतका नवीन वित्तीय औजार निष्कासन गर्नसक्ने गरी आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गरिनेछ […]

सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्ने , सेबोनमा निवेदन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रू. ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न  नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा असार ८ गते निवेदन दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  सेबोनबाट ऋणपत्र निष्कासन गर्न अनुमति पाएपछि कम्पनीले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।

सिभिल बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

कात्तिक ३, काठमाडौं । सिभिल बैंकले रू. ३ अर्ब बराबरको  ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  अनुमति पाएसँगै कम्पनीले रू.१ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ  । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  स्वीकृति पाएसँगै कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई विक्री गर्नेछ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले उक्त ऋणपत्र निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट असोज २४ गते अनुमति पाएको हो ।

एभरेष्ट र एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवेदन

साउन २८, काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा दुई ओटा कम्पनीले ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएका छन् ।  एभरेष्ट बैंक र एनएमबि बैंकले ऋणपत्र निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् । एभरेष्ट बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन २० गते निवेदन बोर्डमा दिएको हो ।  कम्पनीले कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ८ वर्ष सम्मका लागि ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी, एनएमबि बैंकले रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि साउन २४ गते बोर्डमा निवेदन दिएको हो । जसमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २१ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ ।  बैंकले ४ प्रतिशत ब्याजदरमा आगामी १५ वर्ष सम्मको लागि इनर्जी बोण्ड निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । बैंकको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

कामना विकास बैंकले १० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, ७ साउन । कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ९ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको गर्न माग गर्दै साउन ३ गते बोर्डमा निवेदन दिएको हो । बैंकले कुल १० लाख कित्ता मध्ये ४ लाख कित्ता ऋणपत्र […]

असार २० गतेदेखि ज्योति बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, १० जेठ । ज्योति विकास बैंकले ९ प्रतिशत ब्याजदरमा १० वर्षका लागि असार २० गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति दिएसँगै बैंकले ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ६ लाख कित्ता सर्वसाधारण र ९ […]

एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

जेठ २६, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।  बोर्डले एनआईसी एशिया बैंकलाई ८ दशमलव ५ प्रतिशत ब्याजदरको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ २० गते अनुमति दिएको हो । कुल कित्तामध्ये बैंकले रू. १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ भने रू. १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट पनि कम्पनीले ५ प्रतिशत सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा ल्याउनेछ । बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, २८ बैशाख । राष्ट्रिय वाणिज्य बैंकलाई धितोपत्र बोर्डले ऋणपत्र विक्रि गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड बराबरको इकाई ऋणपत्र विक्रि गर्न अनुमति दिएको हो । कुल २५ लाख इकाईमध्ये १५ लाख इकाई ऋणपत्र बैंक आफैले संस्थाहरुलाई र १० लाख इकाई ऋणपत्र सर्वसाधारणको लागि विक्रि […]