काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देश लोकतन्त्रको आवरणमा सर्वसत्तावादतर्फ उन्मुख भएको बताएका छन्। नेकपा (एमाले) को चितवनमा सुरु भएको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै थापाले योजनावद्ध र संगठित रुपमा गरिँदै आएको धर्म परिवर्तनले सनातन धार्मिक पहिचान समाप्त पार्ने षडयन्त्र भइरहेको टिप्पणी गरे। ‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिष्पर्धा स्थल बन्ने खतरा टड्कारो देखिएको छ।’ थापाले भने,