अफगानिस्तानको कट्टरपन्थी विद्रोही समूह तालिबानले काबुलस्थित राष्ट्रपति भवननजिकै आक्रमण गरेको छ।मंगलबार (आज) अफगान राष्ट्रपति अशरफ घानीको कार्यालयनजिकै तालिबानले कयौं मोर्टार आक्रमण गरेको हो। आक्रमण हुँदै गर्दा अफगानी राष्ट्रपति नमाज पढिरहेका बीबीसीले उल्लेख गरेको छ। राष्ट्रपतिले नमाज पढिरहँदा सो दृश्य राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको थियो।अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्ट्यानिक्जाइले हमलामा मानवीय हताहती नभएको र तालिबानले प्रहार गरेको मोर्टार राष्ट्रपति भवनको परिसर बाहिर