जनकपुरधाम : प्रदेश २ मा टुक्रयाएर बनाइएको दुई वटा मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर विवाद सुरु भएको छ।नेपाली कांग्रेसको भागमा परेको भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा उर्जा विकास मन्त्रालयबीच क्षेत्राधिकारलाई लिएर विवाद सुरु भएको हो।भौतिक पूर्वाधार विकास मन्त्री कांग्रेस संसदीय दलका नेता रामसरोज यादव छन् भने उनकै पार्टीबाट ओम प्रकाश शर्मा खानेपानी तथा उर्जा विकास मन्त्री छन्।भौतिक पूर्वाधार मन्त्री यादवले बल मिच्याई गरी अख्तियार दुरुपयोग गर्दा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय