प्रचण्डले पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने, मेयरका उम्मेदवार कसले कहाँबाट गर्दैछन् मतदान?

चितवन ।स्थानीय तहको निर्वाचन भोलि शुक्रबार हुँदैछ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ, सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् । मतदानका लागि नेकपा ‍(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका हुन् । मौन अवधिमा मतदाता प्रभावित पार्न उनी […]

सम्बन्धित सामग्री

मेयरका उम्मेदवार मतदान बुथभित्र प्रवेश गरेको भन्दै हातपात

धादिङको नीलकण्ठ नगपालिकाका मेयरका उम्मेदवार भीम प्रसाद ढुंगानामाथि हातपात भएको छ । नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार रहेका उनी चुनावी आचारसंहिताविपरीत निलकण्ठ ५ स्थित पञ्चकन्या माविको बुथभित्र प्रवेश गरेपछि एमाले र माओवादी समर्थित कार्यकर्ताले हातपात गरेका हुन् । आचारसंहिता विपरीत बुथभित्र प्रवेश गरेको विषयमा दुई पक्षबीच भनाभन हुँदा उनीमाथि हातपात भएको हो । यद्यपि उनीमाथि कुनै चोटपटक भने लागेको छैन । एमाले र माओवादी सममर्थकले ढुंगानाले आचारसंहिता विपरीत मत मागेको आरोप समेत लगाएका छन्

मेयरका उम्मेदवार बालेनले गरे मतदान

काठमाडौं : काठमाडौं महानगरका मेयर पदका उम्मेदवार बालेन साहले मतदान गरेका छन्।वडा- ९ को गैरिगाँउस्थित अन्नपूर्ण बोर्डिङ स्कुलमा मतदान गरेका हुन्।  उक्त मतदान स्थलमा जम्मा ६ सय ६ जना मतदाता रहेका छन् भने हालसम्म करिब १ सय ७५ को हाराहारीमा मत खसेको केन्द्रकी पर्यवेक्षक कोपिला खतिवडाले जानकारी दिइन्।

मेयरका उम्मेदवार सागर थापाले गरे मतदान

विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार सागर थापाले मतदान गरेका छन्।

केशव स्थापितले मुस्कानसहित गरे मतदान

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन्।...

वीरेन्द्रनगरका उम्मेदवारले खड्काले गरे मतदान

वीरेन्द्रनगरमा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्काले वीरेन्द्रनगर -६ काे जनमावि विद्यालयकाे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी साझा गठबन्धनका उम्मेदवार हुन् ।

एमालेबाट भरतपुरको मेयरका उम्मेदवार सुवेदीले गरे मतदान

चितवन : चितवनको भरतपुर महानगरपालिका अन्तरगत नेकपा एमालेको मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन्। उनले भरतपुर– १२ स्थित मोहन माविबाट मतदान गरेका हुन्। मतदान गरेपछि उनले गठबन्धनले चलखेल गरिरहेको भन्दै त्यसबाट सजग रहन मतदातालाई अपिल गरे।

सिर्जना सिंहले गरिन् मतदान

३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । काठमाडौं महानगरपालिका-१६ स्थित नेपाल युवक माध्यमिक विद्यालयबाट सिंहले मतदान गरेकी हुन्

जीतपुरसिमराका मेयरका उम्मेदवार पौडेलले गरे मतदान

३० वैशाख, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार राजन पौडेलले मतदान गरेका छन् । सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार बनेका पौडेलले जीतपुर सिमरा-३ स्थित बजनी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

पोखराका मेयरका उम्मेदवारहरूले गरे मतदान

पोखरा महानगरपालिकाका मेयरका उम्मेदवारहरूले मतदान गरेका छन् । नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार बनेका कृष्ण थापाले पोखरा १६ मा रहेको बिन्दबासिनी माविका मतदान केन्द्रमा मतदान गरेका हुन् ।गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता धनराज आचार्यले पोखरा ३३ मा रहेको शान्ति उदय माविको मतदान केन्द्रमा मतदान गरेका हुन भने अटेरी अभियानका तर्फबाट मेयरका उम्मेदवार बनेका गनेस पौडेलले पोखरा १४ को रामेश्वरी माविको केन्द्रको मतदान केन्द्रमा मतदान गरेका हुन् । पोखरा महानगरपा

चिरीबाबु महर्जनले गरे मतदान (तस्बिरसहित)

ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार चिरीबाबु महर्जनले मतदान गरेका छन्। महर्जनले ललितपुर-३ धाेबिघाटस्थित आइडल माेडल स्कुलमा मतदान गरेका हुन्।