मेयरका उम्मेदवार मतदान बुथभित्र प्रवेश गरेको भन्दै हातपात

धादिङको नीलकण्ठ नगपालिकाका मेयरका उम्मेदवार भीम प्रसाद ढुंगानामाथि हातपात भएको छ । नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार रहेका उनी चुनावी आचारसंहिताविपरीत निलकण्ठ ५ स्थित पञ्चकन्या माविको बुथभित्र प्रवेश गरेपछि एमाले र माओवादी समर्थित कार्यकर्ताले हातपात गरेका हुन् । आचारसंहिता विपरीत बुथभित्र प्रवेश गरेको विषयमा दुई पक्षबीच भनाभन हुँदा उनीमाथि हातपात भएको हो । यद्यपि उनीमाथि कुनै चोटपटक भने लागेको छैन । एमाले र माओवादी सममर्थकले ढुंगानाले आचारसंहिता विपरीत मत मागेको आरोप समेत लगाएका छन्

सम्बन्धित सामग्री

माओवादीबाट रामेछापको मेयरका उम्मेदवार नरेशबाबु श्रेष्ठ एमालेमा प्रवेश

रामेछाप । नेकपा माओवादी केन्द्रका रामेछाप नगर कमिटी उपाध्यक्ष तथा मेयरका उम्मेदवार नरेशबाबु श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रवार रामेछाप नगर अधिवेशनको अवसरमा श्रेष्ठ एमाले प्रवेश गरेका हुन् । यसअघि उनले केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसँग भेटेर पार्टी सदस्यता टुङ्ग्याएका थिए । नगर अधिवेशन उद्घाटन समारोहमा उनलाई एमाले […]

राप्रपा युवा मोर्चाका केन्द्रीय अध्यक्ष पाण्डेसहित १७५ जना एमालेमा प्रवेश

काठमाडौं । चुनावको मुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय युवा मोर्चाका केन्द्रीय अध्यक्ष एवं टोखा नगरपालिकाका राप्रपाका मेयरका उम्मेदवार सुरज पाण्डे नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । बिहीबार काठमाडौं क्षेत्र नम्बर ५ को अन्तिम चुनावी सभामा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले युवा मोर्चाका अध्यक्ष पाण्डेलाई एमालेमा प्रवेश गराउनुभएको हो । कार्यक्रममा पाण्डे र राप्रपाका बागमती […]

टोखा नगरपालिकाका २८ माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश

काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरका उम्मेदवार रहेका राकेश श्रेष्ठ एमाले प्रवेश गरेका छन्। माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठको नेतृत्वमा...

वीरगंजको मतगणनास्थलमा सांसद प्रदीप यादव पस्दा एमाले उत्रियो नाराबाजीमा

वीरगंज : पर्साको वीरगंज महानगरमा मतगणनास्थल बाहिर नाराबाजी भएको छ। जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव मतगणनास्थलमा प्रवेश गरेपछि मेयरका उम्मेदवार विजय सरावागी पक्षधरले विरोध जनाउँदै नाराबाजी गरेका हुन्। उनीहरुले सांसद यादवलाई मतगणनास्थलबाट बाहिर निकाल्न माग गरेका छन्। गठबन्धनले भने पार्टीले पठाएकोले प्रतिनिधि भएकोले निकाल्न नहुने भनेर अडान जारी राखेका…

धादिङको निलकण्ठमा गठबन्धनका उम्मेदवारमाथि हातपात

३० वैशाख, काठमाडौं । धादिङको निलकण्ठ नगरपालिकाका मेयरका उम्मेदवार भीमप्रसाद ढुंगानामाथि हातपात भएको छ । मतदानको जानकारी लिन नगरपालिकाको वडा नम्बर ५ को पञ्चकन्या मतदान केन्द्रमा पुगेका ढुंगानालाई अज्ञात समूहले हातपात गरेको हो । उनी नगरपालिकाका निवर्तमान मेयर समेत हुन् । उनी नेपाली कांग्रेसकोतर्फबाट गठबन्धनका मेयर उम्मेदवार हुन् । मतदान भइरहेका बेला बुथमा प्रवेश गरेका […]

बालेन शाहप्रति केशव स्थापितको टिप्पणी : फुच्चे बालेन शाह दर्तावाल ठग रहेछ !

एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार बनेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा स्थापितले बालेनले आफूलाई मधेसको साह नभनी काठमाडौंको ठकुरी शाह भनेर झुक्क्याइरहेको पनि बताए । ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ,त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ’, स्थापितले भने, ‘युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक ह

केशव स्थापितको बचाउ गर्दै ओलीले भने : चुनाव आयो कि मिटू !

१५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटू आरोपमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितको बचाउ गरेका छन् । एमालेको काठमाडौं महानगर कमिटीले राखेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौंको मेयरमा अनुभवी र उत्साह कायम रहेका स्थापितलाई अघि सारेको बताए । तर चुनावका बेला अनेक मुद्दा उठाइने भन्दै उनले भने, ‘अनेक कुप्रचार […]

एमाले मेयरका उम्मेदवार व्यञ्जनकार भन्नुहुन्छ: जित सुनिश्चित छ

न्युज अफ नेपाल  ललितपुर ।   ललितपुर महानगरमा हरिकृष्ण व्यञ्जनकारको जित सुनिश्चित बन्दै गएको छ । २०७४ सालका को स्थानीय तहको निर्वाचनमा ३ सयको झिनो मतान्तरले पराजित हुनुभएका व्यञ्जनकार यस पटकको निर्वाचनमा एमालेको तर्फबाट मेयरमा उठ्ने पक्का भएपछि  महानगरभित्र  करिब ४ हजारको संख्यामा एमाले प्रवेश भएका छन् । यसले गर्दा एमालेको जित सुनिश्चित देखिएको छ […]

राजविराज नगरपालिकामा मेयरका उम्मेदवार पूर्वमन्त्री

नेकपा माओवादी केन्द्रका तर्फवाट सप्तरीको राजविराज नगरपालिकाका मेयर उम्मेदवार अनिस अन्सारी पूर्व राज्य मन्त्री हुन्। २०५३ सालमा उनी श्रम राज्य मन्त्री भएका थिए। मधेसवादी राजनीतिसँग लामो आबद्धता रहेको अन्सारी मेयर पदको टुङ्गो लागेपछि मात्र माओवादी प्रवेश गरेका हुन्।