जीतपुरसिमराका मेयरका उम्मेदवार पौडेलले गरे मतदान

३० वैशाख, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार राजन पौडेलले मतदान गरेका छन् । सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार बनेका पौडेलले जीतपुर सिमरा-३ स्थित बजनी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

सम्बन्धित सामग्री

मेयरका उम्मेदवार मतदान बुथभित्र प्रवेश गरेको भन्दै हातपात

धादिङको नीलकण्ठ नगपालिकाका मेयरका उम्मेदवार भीम प्रसाद ढुंगानामाथि हातपात भएको छ । नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार रहेका उनी चुनावी आचारसंहिताविपरीत निलकण्ठ ५ स्थित पञ्चकन्या माविको बुथभित्र प्रवेश गरेपछि एमाले र माओवादी समर्थित कार्यकर्ताले हातपात गरेका हुन् । आचारसंहिता विपरीत बुथभित्र प्रवेश गरेको विषयमा दुई पक्षबीच भनाभन हुँदा उनीमाथि हातपात भएको हो । यद्यपि उनीमाथि कुनै चोटपटक भने लागेको छैन । एमाले र माओवादी सममर्थकले ढुंगानाले आचारसंहिता विपरीत मत मागेको आरोप समेत लगाएका छन्

मेयरका उम्मेदवार बालेनले गरे मतदान

काठमाडौं : काठमाडौं महानगरका मेयर पदका उम्मेदवार बालेन साहले मतदान गरेका छन्।वडा- ९ को गैरिगाँउस्थित अन्नपूर्ण बोर्डिङ स्कुलमा मतदान गरेका हुन्।  उक्त मतदान स्थलमा जम्मा ६ सय ६ जना मतदाता रहेका छन् भने हालसम्म करिब १ सय ७५ को हाराहारीमा मत खसेको केन्द्रकी पर्यवेक्षक कोपिला खतिवडाले जानकारी दिइन्।

मेयरका उम्मेदवार सागर थापाले गरे मतदान

विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार सागर थापाले मतदान गरेका छन्।

केशव स्थापितले मुस्कानसहित गरे मतदान

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन्।...

वीरेन्द्रनगरका उम्मेदवारले खड्काले गरे मतदान

वीरेन्द्रनगरमा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्काले वीरेन्द्रनगर -६ काे जनमावि विद्यालयकाे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी साझा गठबन्धनका उम्मेदवार हुन् ।

एमालेबाट भरतपुरको मेयरका उम्मेदवार सुवेदीले गरे मतदान

चितवन : चितवनको भरतपुर महानगरपालिका अन्तरगत नेकपा एमालेको मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन्। उनले भरतपुर– १२ स्थित मोहन माविबाट मतदान गरेका हुन्। मतदान गरेपछि उनले गठबन्धनले चलखेल गरिरहेको भन्दै त्यसबाट सजग रहन मतदातालाई अपिल गरे।

वीरगंज महानगरमा मेयर पदका उम्मेदवार गिरीश गिरीले गरे मतदान

वीरगंजः वीरगंज महानगरपालिकाका मेयर पदका प्रत्यासी गिरीश गिरीले मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार गिरीले वीरगन्ज -९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेका केन्द्रबाट मतदान गरेका हुन्।

भरतपुर मेयर उम्मेदवार सुवेदीले गरे मतदान

चितवन – चितवन भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर- १२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।

पोखराका मेयरका उम्मेदवारहरूले गरे मतदान

पोखरा महानगरपालिकाका मेयरका उम्मेदवारहरूले मतदान गरेका छन् । नेकपा (एमाले)का तर्फबाट मेयरका उम्मेदवार बनेका कृष्ण थापाले पोखरा १६ मा रहेको बिन्दबासिनी माविका मतदान केन्द्रमा मतदान गरेका हुन् ।गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता धनराज आचार्यले पोखरा ३३ मा रहेको शान्ति उदय माविको मतदान केन्द्रमा मतदान गरेका हुन भने अटेरी अभियानका तर्फबाट मेयरका उम्मेदवार बनेका गनेस पौडेलले पोखरा १४ को रामेश्वरी माविको केन्द्रको मतदान केन्द्रमा मतदान गरेका हुन् । पोखरा महानगरपा

काठमाडौँ मेयरका उम्मेदवार केशव स्थापितले गरे मतदान

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् । शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।