पीएनजी ट्वान्टी–२० विश्वकपमा

पपुवा न्युगिनी (पीएनजी) २०२४ को ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । पीएनजीले शुक्रबार फिलिपिन्सलाई १ सय रनले पराजित गर्दै इस्ट एसिया प्यासिफिकको छनोटमा शीर्षस्थानमा रहँदै वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्न लागेको विश्वकपमा स्थान पक्का गरेको हो ।

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टीमलाई बधाई  दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेपछि प्रधानमन्त्री देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन् । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । प्रधानमन्त्री  देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, ‘अपराजित रहँदै पपुवा न्युगिनी तथा मलेसियाविरुद्धको त्रिकोणात्मक टि-२० सिरिज जित्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई

एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर दीपेन्द्र

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय शृंखलाको फाइनल खेलमा पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध २१ रन जोडेसँगै दीपेन्द्र ट्वान्टी २० अन्तर्राष्ट्रिय यो कोशेढुङ्गा पार गर्ने पहिलो नेपाली ब्याटर बनेका हुन् । उक्त इनिङ्समा उनले ५४ रन नटआउट खेले ।

त्रिकोणात्मक ट्वान्टी २० शृंखला: नेपाल–पीएनजी फाइनलः नेपालले दियो मध्यम लक्ष्य

नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई १ सय ६९ रनको मध्यम लक्ष्यमात्र दिएको छ । पीएनजीले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णयमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रनमात्र बनाउन सकेको हो ।

त्रिकोणात्मक ट्वान्टी २० शृंखला: नेपाल–पीएनजी फाइनलः नेपालले दियो मध्यम लक्ष्य

नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई १ सय ६९ रनको मध्यम लक्ष्यमात्र दिएको छ । पीएनजीले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णयमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रनमात्र बनाउन सकेको हो ।

त्रिकोणात्मक ट्वान्टी २० शृंखला: नेपाल–पीएनजी फाइनलः नेपालको पहिला ब्याटिङ

नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पहिला ब्याटिङ गर्ने भएको छ । पपुवा न्यु गिनी (पीएनजी) ले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

ट्वान्टी २० अन्तर्राष्ट्रियमा करणको ५० विकेट

नेपाली क्रिकेटर करण केसीले ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् । त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा बिहीबार पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा पहिलो ओभरमा लेगा सिकालाई आउट गर्दै करणले ५० विकेट पूरा गरेका हुन् ।

टस हारेर मलेसियाविरुद्ध पहिलो बलिङ गर्दै नेपाल

काठमाडौँ । त्रिकोणात्मक ट्वान्टी-२० शृङ्खलामा मलेसियासँग टस हारेर नेपालले पहिलो बलिङ सुरु गरेको छ । नेपालका प्रशिक्षक पुबुदु दासानायकेले आफूले नयाँ खेलाडी प्रयोग गर्न चाहेको बताउँदै बुधवार (आज) टोलीमा फिर्ता बोलाइएका विकेटकिपर–ब्याटर दिलीप नाथलाई मौका दिइएको छ । दुवै टोलीको प्रतियोगितामा यो दोस्रो खेल हो । पहिलो खेलमा दुवैले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध विजय […]

मलेसियाद्वारा पीएनजी पराजित

त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला अन्तर्गत मंगलबार भएको खेलमा पपुवा न्यु गिनी (पिएनजी) मलेशियासँग ८ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मलेसियाले ८ रनले पराजित गर्दा अन्तर्राष्ट्रिय शृखंलामा विजयी सुरुआत पनि गरेको छ । पिएनजीले भने लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको […]

ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा

एजेन्सी। आईसीसी ट्वान्टी–२० विश्वकप २०२१ मा भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। समूह दुईमा भारत र पाकिस्तानबाहेक न्युजिल्यान्ड र अफगानिस्तान छन्। समूह एकमा इङ्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेष्ट इन्डिज छन्। पहिलो चरणको समूह ‘ए’मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स र नामिबिया छन्। समूह ‘बी’मा बंगलादेश, स्कटल्यान्ड, पीएनजी र ओमान छन्। ‘ए’को विजेता र ‘बी’को उपविजेताले समूह एकमा प्रतिस्पर्धा गर्नेछन्।