काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका कानुनव्यवसायीले आज देशभर बहस पैरवी बन्द गर्ने भएका छन्। सर्वोच्च अदालतमा गरिएका शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहित ठूलो संख्यामा दंगा प्रहरी प्रवेश गराइएको भन्दै कानुनव्यवसायीले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका हुन्। नेपाल बार एशोसिएशनको नेतृत्वमा भइरहेको आन्दोलनमा भोलि बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टीसहित धर्ना दिने तथा संसदमा रहेका सबै राजन